प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

विराटनगर । प्रदेश नं १ का प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगका सदस्यसचिव विपीनराज निरौलाले आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको हो । आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रमुख खापुङले सरकारलाई बाटो देखाउन आयोगले राम्रो काम गरेको बताउनुभयो ।
उहाँले सीमित साधन र स्रोतको बाबजुद पनि आयोगको मेहनत सराहनीय छ भन्दै प्रतिवेदनले देखाएको बाटो कार्यान्वयन गर्न सके बेरुजु कम हुने बताउनुभयो । रासस

https://ujyaalonepalnews.com/archives/18036

Previous articleतीन लाख बढीको मदिरा बरामद
Next articleनागरिक उड्डयन प्राधिकरणको सेवा शुल्क वापतको बक्यौता तिर्न पत्राचार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।