Home Uncategorized ‘ए’ डिभिजन लिगमा मनाङ र संकटा भिड्दै

‘ए’ डिभिजन लिगमा मनाङ र संकटा भिड्दै

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत नवौं राउन्डको अन्तिम खेलमा बुधबार एक खेल मात्रै हुँदैछ।

सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेलमा साविक विजेता मनाङ–मस्र्याङ्दी क्लब र उपविजेता संकटा क्लब आमने–सामने हुदैछन्। खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।

गत संस्करण मनाङले संकटालाई ३–१ ले हराउँदै शीर्ष स्थान ओगटेको थियो। मनाङ सोही लयलाई निरन्तरता दिने दाउमा हुँदा संकटा गतवर्षको हारको बदला लिने लक्ष्यमा मैदानमा उत्रनेछ।

लिगमा अपराजित रहेको मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा कायमै रहन चाहन्छ। आठौँ चरणसम्म ४ मा जित र ४ मा बराबरीको नतिजा निकाल्दै १६ अंक जोडेको मनाङ तेस्रो स्थानमा छ।

आजको खेलमा संकटालाई पराजित गर्न सके मनाङ शीर्षस्थानको टोलीसँग अंक दुरी घटाउन चाहान्छ। शीर्ष स्थानको आर्मीको ९ खेलबाट २० तथा मछिन्द्रको १९ अंक छ।

यता, संकटा पनि मनाङको अपराजित यात्रालाई रोक्दै ३ अंक जोड्ने प्रयासमा छ। लिगमा ८ खेल खेलेको संकटाको १२ अंक छ। आठौं स्थानमा रहेको संकटा मनाङलाई पराजित गर्न सके पाँचौं स्थानमा उक्लने छ। 

पुरानो निर्णय सच्चियो: वैदेशिक रोजगारीमा जानेलाई सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने

Previous articleबंगलादेशी नागरिकको एक साता अघि काठमाडौंमा हत्या भएको खुलासा
Next articleरोहित जकार्तामै रहने, २ वर्षको सम्झौता नविकरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।