बंगलादेशी नागरिकको एक साता अघि काठमाडौंमा हत्या भएको खुलासा

क्यासिनोका लागि नेपाल आएका बंगलादेशी नागरिक मोहद्धिन अहमदको हत्या भएको छ।

माघ ६ गते नेपाल आएका ४५ वर्षीय अहमदको सोल्टीमोडस्थित होटेल ग्रान्ड भिल्लामा दोस्रो दिन हत्या भएको प्रहरीले जनाएको छ। उनीसँगै सोही होटलमा बसेका अर्का साथी फरार भएका छन्।

अहमदसँगै आएका साथी विरगंज नाका हुँदै भारत छिरेको अनुसन्धानमा खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अहमद प्राय राती काठमाडौं ओर्लने, रातभर क्यासिनो खेल्ने र दिउँसो केही समय आराम गरेर बंगलादेश फर्कने गरेको खुलेको छ।

प्रहरीका अनुसार अहमदको ७ गते नै हत्या गरी सँगैका व्यक्ती फरार भएका हुन्। अर्को दिन सो कोठामा चहलपहल नभएपछि होटलमा कर्मचारी बुझ्न जाँदा मृत शरीर देखेर प्रहरीलाई खबर गरेका थिए।

एमडीएमएस खरिदमा १ अर्ब हिनामिना

Previous articleखर्च जोगाउन बीबीसीले ४५० रोजगार कटौती गर्ने
Next article‘ए’ डिभिजन लिगमा मनाङ र संकटा भिड्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।