शिक्षामा चरम राजनीतिः नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएको बताउनुभएको छ ।

राजधानीमा कन्या मन्दिर माद्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव (हीरक जयन्ती) समारोहलाई सोमबार सम्बोधन गर्दै उहाँले राजनीतिले शिक्षा क्षेत्रको विकास हुन नसकेको बताउनुभयो । राजनीति भनेको राजनैतिक क्षेत्रमा मात्र गर्नु पर्ने बताउँदै उहाँले सबै दलहरूको प्रतिबद्धतामा जोड दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले संविधानले भनेजस्तै आधाभूत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेको उल्लेख गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/18156

Previous articleमुहानको पानी ५० डिग्री सेल्सियसभन्दा बढी तातो !
Next articleएक सयमा पढाउने विद्यालय भवनको शिलान्यास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।