खड्काको हत्या अभियोगमा  एक पक्राउ

ललितपुरमा उदयपुरका हरि खड्कालाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरगढी १ का धने भन्ने आरुष थिङ रहेको प्रहरीले जनाएको छ। 

गत साउन २८ गते ललितपुर महानगरपालिका ९ मा उदयपुरको कटारीका खड्का मृत फेला परेका थिए। उनको हत्यामा थिङको पनि संलग्नता रहेको प्रहरीको दाबी छ।

हत्यामा संलग्न रहेको आरोपमा कुमार थिङलाई मकवानपुरगढी गाउँपालिका १ पिङडाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए। उनलाई कानूनी कारबाहीका लागि मंगलबार जिल्ला अदालत ललितपुर पठाइएको छ।

ललितपुरको बालकुमारीमा डेरा गरी बस्ने खड्का मूर्ति बनाउने काम गर्थे ।

शिक्षामा चरम राजनीतिः नेता सिंह

Previous articleत्रिविको परीक्षा नसर्ने
Next articleकिड्स् एण्ड टीन्स् ग्लोबल मोरंगकाे फाइनल सम्पन्न, बिजेताले पाए २५ हजार नगद र विभिन्न उपहार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।