काठमाडौँ–दिल्ली हरेक दिन एनएसीका दुई वटा उडान गछौँ : मन्त्री आले

काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँ–दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने बताउनुभएको छ ।

काठमाडौंमा आज भएको एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताउनुभएको हो । उहाँले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । मन्त्री आलेले चैत ७ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र चैत ११ गतेदेखि बेङ्लोरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताउनुभयो ।

ञमन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको जिकिरसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “म मन्त्री हुनुभन्दा पहिले घाम तापेर बसेका जहाजलाई अहिले आकाशमा उडाउने काम गरको छु, नागरिकलाई सेवा दिनु मेरो कर्तव्य हो ।” पहिले चारदेखि पाँच घण्टा उडान भर्ने नेपाल वायुसेवा निगमका जहाजले अहिले १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको मन्त्री आलेले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/18239

Previous articleसहमतीमा यौनसम्पर्क राखेर बलात्कारको आरोप लगाउनेलाई ३ वर्षको जेल
Next articleबक्यौँता नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।