काठमाडौं, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
बुधबारबाट सुरु भएको बैठकमा दाहालले दुवै अध्यक्षको तर्फबाट पेश गरे ।

पार्टीका महासचिव विष्णु पौडेलले संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेश गरे ।
बैठकमा पेश भएका प्रस्तावहरुमाथि भोली (बिहीबार) छलफल हुनेछ । छलफलका लागि १५ वटा समूह बनाइएको महासचिव पौडेलले बताए ।
शुक्रबार १ बजेसम्म समूहको छलफल हुने छ ।
यसअघि बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । पार्टी एकतापछि दोस्रो पटक केन्द्रीय समिति बैठक बसेको हो ।
उनले एमसीसी संसदबाट पारित हुने विषयमा बोलेका छन् ।
यस्तै इन्डोप्यासिफिक रणनीतिका विषयमा प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
The post ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश appeared first on Koshi Online.


