प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य गृहमन्त्रीले सम्हाल्ने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने गरी तोक्नुभएको छ ।

नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/18280

Previous articleग्रीनल्याण्डका विद्यार्थीहरुद्वारा वृद्धवृद्धाहरुलाई फलफूल वितरण
Next articleरत्ननगरमा गुडिरहेको कारमा आगलागी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।