ग्रीनल्याण्डका विद्यार्थीहरुद्वारा वृद्धवृद्धाहरुलाई फलफूल वितरण

चैत्र १८, तनहुँ । भरतपुर १२ चितवन स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले देवघाट, तनहुँ स्थित देवघाटधाम समाज कल्याण परिषद वृद्धाश्रमका ३५ जना वृद्धवृद्धाहरुलाई आफ्नो खाजा खर्च कटाएर फलफूल वितरण तथा नगद हस्तान्तरण गरेका छन् ।

जीवनको उत्तरार्द्ध चरण कस्तो हुन्छ?, बुढ्यौलीले छोए पछिको मनस्थिति कसरी परिवर्तित हुन्छ? भन्ने विषयको सुक्ष्म अध्ययनका लागि आयोजना गरिएको अवलोकन भ्रमणको क्रममा विद्यार्थीहरुले स्वस्फूर्तरुपमा मानवीय सेवाको भावना दर्शाएका हुन् ।

६६ जना विद्यार्थीहरुकोसाथमा स्कुलकी प्राचार्य इन्दिरा कार्की, परीक्षा संयोजक हरि सुवेदी,शिक्षकद्वय इन्द्रनारायण श्रेष्ठ ,कृष्णहरि कोइरालाको सो कार्यक्रममा उपस्तिथि रहेको थियो। विद्यार्थीहरुले वृद्धवृद्धाहरुसंग अन्तरक्रिया समेत गरेका थिए। यस्तो किसिमको कार्यक्रमले कलिला मस्तिष्कमा संस्कार, मानवीय सेवा एवम् नैतिक शिक्षा मिल्ने स्कुलकी प्राचार्य इन्दिरा कार्कीले बताईन।

https://ujyaalonepalnews.com/archives/18278

Previous articleनवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश
Next articleप्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य गृहमन्त्रीले सम्हाल्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।