विभिन्न पार्टी त्यागेर रत्ननगर ८ मा ३५ जना एमाले प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ८ मा विभिन्न पार्टी परित्याग गरी ३५ जना एमालेमा प्रवेश गरेका छन् । वडा पार्टी कमिटीले आयोजना गरेको निर्वाचन लक्षित कार्यक्रममा नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एस परित्याग गरी ३५ जना एमालेमा प्रवेश गरेको वडा कमिटी सचिव गीता गिरीले जानकारी दिइन ।

वडा इन्चार्ज तथा प्रदेश कमिटी सदस्य प्रेमनाथ दुवाडीको पहलमा उनीहरु एमाले प्रवेश गरेका हुन । कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्यहरु कपिलदेब पोखरेल,जगन्नाथ थपलिया,रत्ननगर नगर कमिटी इन्चार्ज तथा मेयर नारायण वन,नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्याल,वडा कमिटी अध्यक्ष नवलकिशोर मर्दनीयाले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी,युवासंघका केन्द्रीय सचिव प्रताप डल्लाकोटी,प्रदेश कमिटी सदस्य राजाराम रेग्मी,जिल्ला सचिव प्रकास खनाल,सहसचिव चन्द्रकान्त न्यौपाने,जिल्ला कमिटी सदस्य गुप्तनाथ भट्टराई,अनेमसंघ नगर अध्यक्ष विरञ्जना सापकोटा,वडाध्यक्ष विनोद बस्नेत लगायतको सहभागिता रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/18306

Previous articleतेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो
Next articleरत्ननगरको मेयरमा समाजवादीको दाबी छ – हरि कुमारश्रेष्ठ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।