रत्ननगर । आसन्न स्थानीय तहको निर्वाचनमा रत्ननगरको मेयर एकीकृत समाजबादीले पाउनु पर्ने नेताहरुले दावी गरेका छन् । रत्ननगरमा आयोजना गरिएको कार्यक्रममा गठबन्धनका साझेदार दलहरु मध्ये नेकपा एसले रत्ननगरको मेयर पाउनु पर्ने बताएका हुन ।

रत्ननगरमा नेकपा एस मतदाताको हिसाबले अगाडि रहेको भन्दै नगर स्तरीय नेताहरुले अन्य नगरपालिका गठबन्धनका अन्य दलहरुलाई दिएर रत्ननगरको मेयर नेकपा एसलाई दिनुपर्ने बताए । कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा नगर उपाध्यक्ष हरिकुमार श्रेष्ठले रत्ननगरको मेयर नेकपा एसलाई दिनुपर्ने बताए । म नेताहरुको ध्यानर्कषण गराउन चाहन्छु उनले भने रत्ननगरको मेयर हामीले पाउनु पर्छ ।

कार्यक्रममा बोल्ने अधिकाँस बक्ताहरुले नेकपा एसले रत्ननगर पाउने गरी लविङ गर्न केन्द्रीय स्तरका नेताहरुलाई आग्रह गरेका छन् ।
https://ujyaalonepalnews.com/archives/18309


