प्रधानमन्त्री देउवा बनारस जानुहुँदै, आज स्वदेश फर्कनुहुने

नयाँदिल्ली- प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारीक भ्रमण पूरा गरी आज स्वदेश फर्किने कार्यक्रम छ ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवाले आज बिहान भारतको धार्मिकस्थल बनारस जानु हुनेछ । प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुहुनेछ ।

बनारस भ्रमणका क्रममा देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा शुक्रवार भारत प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदि सहित उच्चस्तरीय भेटघाटमा व्यस्त रहनुभयो ।-

https://ujyaalonepalnews.com/archives/18324

Previous articleजयनगर-कुर्था खण्डमा यात्रुसहितको रेल सेवा आज बिहानदेखि नियमित रुपमा सुरु हुँदै
Next articleजो, म्यादी प्रहरी हुनकै लागि १ किलोको ढक गोजीमा बोकेर गए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।