चीनबाट ल्याइएका सबै नेपाली स्वस्थ

0
44

चीनबाट फर्काइएका सबै नेपाली स्वस्थ भएकाे स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले बताएका छन्।

उनले बुधबार पत्रकार सम्मेलन गरी साे जानकारी गराएका हुन्।

गत आइतबार चीनकाे वुहानबाट १७५ जना नेपालीलाइ उध्दार गरी नेपाल ल्याइएकाे थियाे। उनीहरुलाइ हाल भक्तपुरकाे खरिपाटीमा तयार गरिएकाे क्वारेन्टाइनमा राखिएकाे छ।

हुवेईबाट ल्याई क्वारेन्टाइनमा राखिएकाको घाँटी र नाँकको स्वाब नमूना परिक्षण गर्दा कसैमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको बरालले बताए।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार गत ४, ५ र ६ गते राष्ट्रिय प्रयोगशालामा उनीहरुबाट लिइएको नमूना परीक्षण गरिएको हो।

चितवनमा निषेधाज्ञा लम्बियो; भोली देखि झनै कडाई हुने

Previous articleसमाजसेवी बद्री पहाडीद्वारा शान्ति समाज भवन निर्माणार्थ रु १ करोड सहयोग
Next articleप्रजातन्त्र दिवसमा मुख्यमन्त्री राईको शुभकामना