दुःखद खबर: करेन्ट लागेर चितवनमा एकजनाको ज्यान गयो

0
43

चितवन, २० चैत । भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थत राजमार्गमा आज नाली सफा गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सडक विभागमा काम गर्ने तनहुँ जिल्लाका देवघाट गाउँपालिका वडा नं. ५ का ५५ वर्षिय भीमबहादुर मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक छेउको नाली सफा गर्ने क्रममा चुँडिएर नालीमा लत्रिएको तारबाट एक्कासी करेन्ट लाग्न गई उनको मृत्यु भएको हो । घटना दिउँसो २ः१० बजेको समयमा भएको हो । मृत मगरको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याईएको प्रहरीले न्यूजभित्तोलाई जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।

करेन्ट सहितको विद्युतको तार चुँडिएर भुईमा लत्रिँदा समेत बेवास्ता गर्ने विद्युत कार्यालयको लापरवाहीका कारण मगरको ज्यान गएको स्थानीयको गुनासो छ ।

https://www.ujyaalonepalnews.com/archives/18344

Previous articleतेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो
Next articleऊर्जा क्षेत्रमा पनि जलवायु परिवर्तनको असर