काठमाडौँ । चैते दसैँको अवसर पारेर चैत २३ गते बुधवारदेखि काठमाडौँको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ ।
चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामानहरू किनमेल गर्न सक्ने गरी मेला आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।

इभेन्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको सबै तयारी पुरा भएको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताउनुभयो ।
बुधवार बिहान १० बजेदेखि मेला सुरु हुने मेलामा ५० भन्दा बढी स्टलमा दैनिक उपभोग्य सामग्रीका साथै वस्तु तथा सेवा उपलब्ध हुने प्रधानले बताउनुभयो ।
५ दिनसम्म सञ्चालन हुने एक्स्पोमा चैते दसैँका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामाग्रीहरूको कारोबार हुनेछ ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, चीन, थाइल्यान्ड र जापानमा उत्पादन तथा प्रदर्शकहरूको सहभागिता रहनेछ ।
https://ujyaalonepalnews.com/archives/18394


