Home Uncategorized मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीले नेतृत्व लिनुपर्छः अध्यक्ष ओली

मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीले नेतृत्व लिनुपर्छः अध्यक्ष ओली

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीहरुले नेतृत्व लिनुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन सक्दैन भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले हामीले हाम्रो आवश्यकता लागि किन्ने सामान नेपालमा नै बनेको हुनुपर्ने बताउनुभयो । “हामीले कच्चापदार्थ होइन, रुपान्तरित र प्रशोधित गरेको सामान बजारमा पठाउनुपर्दछ”, उहाँले भन्नुभयो, “कच्चा होइन, प्रतिस्पर्धात्मक गर्ने खालको सस्तो र गुणस्तरीय सामान हामीले उत्पादन गर्नुपर्दछ ।”

अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षा अनुरुप समृद्धि र विकास चाहेको उल्लेख गर्दै यसका लागि उद्यम र उद्योगीलाई सहयोग गर्ने पार्टीको नीति रहेको बताउनुभयो । उद्योगलाई आधुनिकीकरण गर्दा श्रमिकको पनि आधुनिकीकरण गर्नुपर्नेमा बताउँदै उहाँले धितो राखेर मात्र होइन, मानव मस्तिष्कले ऋण पाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले उद्योग व्यवसायले समाज परिवर्तन गर्नुपर्ने भन्दै उद्योग स्थापना गरेर नाफा कमाउने मात्र होइन, मानवलाई सुखी बनाउने माध्यमका रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले आफू २०७२ सालमा प्रधानमन्त्री भएपछि देशमा विकासको नयाँ लहर आएको दाबी पनि गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/18452

Previous articleरत्ननगरका मेयर नारायण वनलाई हिरो अफ मधेश अवार्ड प्रदान
Next articleविद्युत् निर्यातमा फड्को, प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।