‘नेपालीका लागि नेपाली’ मा लफडा, अभियानबाट ज्ञानेन्द्र शाही निस्कासित

१२ मंसिर, काठमाडौं । ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए ।

शाहीलाई निस्कासन गर्नुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न थाले ।’ अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालीका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।

नेपालीका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।

पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्किनेः डा तुम्बाहाम्फे
Previous articleपोर्चुगलको पि’डा, सडकमै सुत्छन् पि.आर पाउने लो’भमा पोर्चुगल पुगेका नेपाली
Next articleनेपाल फर्कनै लाग्दा यूएईमा अस्ताइन् चितवनकी शुकमाया
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।