ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना पाँचथरका ४ स्थानीय तहमा लागु हुने

0
34

पाँचथर । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना पाँचथरका फालेलुङ, याङवरक, हिलिहाङ र फिदिम नगरपालिकामा लागु हुने भएको छ ।

आयोजनाले ग्रामीण उद्यमशीलता विकासलाई प्रोत्साहित गर्न प्रमुख आर्थिक कोरिडोर क्षेत्रका साना कृषि उत्पादक तथा खरिदकर्ताहरूबिच उत्पादनमूलक साझेदारी, बजार सम्बन्धको विकास मार्फत बजार पहुँच सुदृढ गर्न सहजीकरण गर्नेछ ।

ग्रामीण बजार पहुँच सुदृढ गर्ने, उद्यमशील वातावरण निर्माण गर्ने र कोभिड १९ को असरबाट पुनरुत्थानका लागी रोजगारीका अवसरहरू सिर्जना गर्ने आयोजनाको लक्ष्य छ । ६ वटा प्रदेशमा ३५ जिल्लाका १ सय ७१ पालिकामा आयोजनाको कार्यक्षेत्र रहने बताइएको छ ।

प्रदेश नम्बर १ मा ७ जिल्लाका २२ वटा पालिकामा आयोजना लागु हुने फिदिममा आयोजित अन्तरक्रिया कार्यक्रममा आर्थिक कोरिडोर कार्यालय धनकुटाका प्रमुख डा. इन्द्र नारायण शाहले जानकारी दिनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/18475

Previous articleएकल पुरुषले मासिक रु ५०० भत्ता पाउने
Next articleचैत्र नवरात्रमा हारती माताको शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन