थप सात जना सङ्क्रमित, २५ सङ्क्रमण मुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २८ सय १९ जनाको पीसीआर परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, १८ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमित पुष्टि नभएको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा थप २५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य रहेको छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ जना रहको छ । २४ घण्टामा ५० हजार ९३ जनाले खोप लगाएका छन् ।

https://ujyaalonepalnews.com/archives/18496

Previous articleअक्षरभन्दा तस्वीरले धेरै बोल्नेः मन्त्री भुसाल
Next articleयातायात महासङ्घको महाधिवेशन आइतबारदेखि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।