समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छः अध्यक्ष ओली

नेपालगञ्ज- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताउनुभएको छ ।

नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उहाँले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन भन्नुभयो । उहाँले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गर्नुभयो ।

अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु एक÷एक लाख दिने घोषणा पनि गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/18499

Previous articleसर्लाहीमा छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव
Next articleभगिनी सम्बन्धमा जोडिए दुई महालक्ष्मी नगर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।