इञ्जीनियर्स एशोशिएशनमा लामिछाने

काठमाडौं- प्रोग्रेसिभ इञ्जीनियर्स एशोसिएशन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा सुरज लामिछानेको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा अमनकुमार मास्के, दुजेन्द्र बस्नेत, देउकाजी गुरुङ, डा एसपी पराजुली, शिभम पुरी र सञ्जीव रोकाहा, महासचिवमा डा भेषराज थापा, उपमहासचिवमा टेकराज सुवेदी र सौम्य भट्ट, सचिवमा प्रकाश जिसी, राजन थापा, धु्रवराज भट्टराई, अदता रेग्मी, सुमन न्यौपाने, नरेश खड्का र कोषाध्यक्षमा तेजप्रसाद धमला चयन हुनुभएको छ ।

अध्यक्ष लामिछानेलाई निवर्तमान अध्यक्ष शम्भुबहादुर श्रेष्ठले पदभार हस्तान्तरण गर्नुभयो । अधिवेशनको उद्घाटन यही चैत २२ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/18541

Previous articleपर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदीमाथि जीपलाइन
Next articleवडाको पहलमा नयाँबानेश्वर क्षेत्रको ५० रोपनी जग्गा संरक्षण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।