निराजन घिमिरे, चैत २५, चितवन- चितवन राष्ट्रिय निकुञ्जभित्र सैनिकको यातनाबाट गम्भीर घाइते भई उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई घर हस्तानान्तरण गरिएको छ । राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले आफ्नो व्यक्तिगत खर्चमा घर निर्माण गरि चेपांग परिवारलाई साँचो हस्तानान्तरण गरेका हुन् ।
राजकुमार चेपाङ आफ्ना अन्य ६ जना साथीसहित अम्बा, निबुवाजस्ता जंगली फलफूल र घोंगी खोज्न राप्ती नगरपालिका नजिकैको राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेका थिए । त्यसक्रममा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको टोलीले कुटपिट गर्दा राप्ती नगरपालिका–२, मिलनटोलका चेपाङसहितका सात जना घाइते भएका थिए । तीमध्ये चेपाङको ०७८ साउन ८ मा अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो ।
नेपाल सरकारले उप प्रमुखको हैसियतलाई प्रदान गरेको सेवा सुविधा तथा भत्ताको रकमबाट प्रत्येक बर्ष नगर भित्र रहेका अति विपन्न परिवार, असहाय तथा एकल महिलाको लागि उपमेयर लामाले घरहरु निर्माण गर्दै आएका थिए । २०७४ सालमा वडा नं. ४ कि एकल महिला मंगली माया चेपाङ , २०७५ सालमा वडा नम्बर ६ का अति विपन्न तथा अशक्त कुलमान चेपाङ, २०७६ सालमा वडा नम्बर ६ कि हिंसामा परेकी बालिका अनुजा परियार, २०७७ सालमा वडा नम्बर १ मा जङ्गली हात्तीले ध्वस्त बनाएको झाँक्री बा भनेर चिनिने अमर बहादुर चेपाङ लगायतलाई पनि उपमेयर लामाले घर निर्माण गरिदिएका थिए ।
त्यस्तै घरबार विहीन भएका जीवन चेपाङको लागि पनि सम्पूर्ण खर्च आफैले व्यहोर्ने गरि आफैले घर निर्माण गरिदिएका थिए । आफ्नो ५ वर्षिय कार्यकालमा लामाले गरिब तथा विपन्न ६ परिवारलाई घर निर्माण गरिदिएका छन् । नेपाल सरकारले उपप्रमुखको लागी प्रदान गरेको सेवा सुविधा तथा भत्ताको रकमबाट प्रत्येक बर्ष नगर भित्र रहेका अति विपन्न परिवार, असहाय तथा एकल महिलाको लागि उनले घरहरु निर्माण गर्दै आएका छन् ।
आज राप्तीमा आयोहित एक कार्यक्रममा चेपांग परिवारलाई घरको चाबी हस्तानातरण गरिएको हो । कार्यक्रममा उपमेयर लामालाई सम्मान समेत गरिएको छ । नेकपा एमाले राप्ती नगरपालिका वडा नम्बर १, २, ४, ६, नेपाल चेपाङ संघ जिल्ला समिति चितवन र आदिवासी जनजाति नगर समन्वय समिति राप्ती नगरपालिकाको संयुक्त आयोजनामा आयोजित घर हस्तान्तरण कार्यक्रममा उप प्रमुख लामा सम्मानित भएका हुन् ।

कार्यक्रम कि प्रमुख अतिथि पूर्व गण्डकी प्रदेश प्रमुख तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सिता पौडेलले लामालाई समान गरेकी हुन् । सम्मान पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै लाआले आफूले अझै काम गर्न बाँकी रहेको बताए । दिनद:खीहरुको सेवा गर्दा आफूलाई आनन्द मिल्ने पनि उनले बताए। “आगामी निर्वाचनमा आफु पुन: निर्वाचित भए पनि वा नभए पनि सधैँ जनताको सेवामा लागिरहने छु ।” कार्यक्रममा बोल्दै उनले भने । आफूले बोकेको वैचारिक सिद्धान्तले पनि जनताको सेवा गर्नेमा नै जोड दिएको उनले बताए ।
उप प्रमुख लामा राप्तीमा लोकप्रिय नेताको रुपमा चिनिन्छन् । घर निर्माण सँगसँगै लकडाउनको बेलामा दीर्घरोगी बिरामीहरुलाई अस्पताल पुर्याउने र घर ल्याउने, खाद्यान्न सामाग्री लिएर विपन्न परिवारको घरघर पुग्ने र नागरिकता विहिनहरुलाई आफ्नै सनाखतमा नागरिकता दिलाउने जस्ता कार्यले उनलाई जनता माझ प्रिय बनाएको छ ।
https://ujyaalonepalnews.com/archives/18562



