‘बगैँचामा थरिथरिका’ नामक नेपाली बालगीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ- किड्स हङ्गामाले ‘बगैँचामा थरिथरिका’ नामक नेपाली बालगीत सार्वजनिक गरेको छ। साना बालबालिकाहरूको लागि लक्षित गरेर बनाइएको बालगित हिजो शुक्रवार सार्वजनिक भएको हो।

कलिला बालबालिकाहरूको उत्कृष्ट अभिनय भिडियोमा देख्न सकिन्छ। त्यस्तै आनन्ददायी सङ्गीत र सुमधुर बाल स्वरले भिडियोलाई अझै सशक्त बनाएको छ। गीतमा कृष्ण कुमार बोहराको सुन्दर शब्द सिर्जनामा लक्ष्मण चौलागाईंले सङ्गीत भरेका छन्। त्यस्तै किशोर कार्कीको एरेन्जमा गीत बनेको छ भने लोयल्टी एकेडेमीका विद्यार्थीहरूले स्वर दिएका छन्। श्याम कुमार रायमाझी, श्रवण पाख्रिन र विष्णु मगरको नृत्य कन्सेप्टमा ह्याप्पी किड्स मन्टेश्वरी र राइजिङ स्टार बोर्डिङ स्कुलका विद्यार्थीहरूको तारिफयोग्य अभिनय रहेको छ। उक्त भिडियोलाई चक्र पुलामीले निर्देशन गरेका छन्। किड्स हङ्गामाले शिक्षा सँगै मनोरञ्जन र कलाकारितामा साना बालबालिकाहरूलाई अवसर प्रदान गर्दै आइरहेको छ

भिडियो हेर्नुहोस्:

https://ujyaalonepalnews.com/archives/18634

Previous articleकर्णाली प्रदेश :  जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय
Next articleप्रेससेन्टर रत्ननगरका अध्यक्ष विकासले माओवादी केन्द्र परित्याग गरे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।