चितवन, २७ चैत । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार बन्ने भएका छन् । भरतपुर महानगर कमिटीले सुवेदीको नाम मात्रै जिल्ला कमिटीमा सिफारिस गरेको हो । एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदी महानगर मेयरको पदमा सिफारिस भएका महानगर कमिटी अध्यक्ष शंकर थपलिया जानकारी दिए ।
मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आइतबार बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा सुवेदीको नाम सिफारिस गरेको हो ।
सांसद सुवेदी अष्टलक्ष्मी शाक्य बागमती मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री थिए । उनि नेकपा एमाले चितवनको दुई कार्यकाल पार्टी प्रमुख भईसकेका छन् । हाल उनि पार्टीको बागमती प्रदेश सचिव छन् । सुवेदी भरतपुर महानगरपालिका वडा नं. १२ का स्थायी वासिन्दा हुन् । उनि भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा योजनाबद्ध रुपमा अस्पताललाई अगाडि बढाएको भन्दै प्रशंसा भएको थियो ।
https://ujyaalonepalnews.com/archives/18685


