साहित्यकार बस्न्यातको अमेरिकामा निधन

काठमाडौं- साहित्यकार ओमवीरसिंह बस्न्यातको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि हृदय रोगले पीडित उहाँको गत शुक्रबार संयुक्त राज्य अमेरिकाको कोलोराडोमा निधन भएको हो ।

उहाँका राष्ट्र निर्माता पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त, युवक कवि मोतिराम, राष्ट्रकवि माधव घिमिरे, सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु, रारा ताललगायतका विषयमा महाकाव्य, खण्डकाव्यका साथै अन्य उपन्यास, कथा, कविता, गीत आदि गरी करिब डेढदर्जन कृति प्रकाशित छन् ।

साहित्यिक पुरस्कार ‘बाबा–ओमवीरसिंह साहित्यिक पुरस्कारका संस्थापक कवि बस्न्यात आफू स्वयम् पनि विभिन्न साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित हुनुहुन्थ्यो । लामो समय निजामती स्वास्थ्य सेवामा कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत बस्न्यातले २०१९–२०२० सालदेखि केही वर्षसम्म हुम्लामा रही स्वास्थ्य सेवा गर्नुभएको थियो ।

उहाँको कोलोराडोमै सनातन हिन्दू परम्परा अनुसार अन्त्येष्ठि गरिएको परिवारजनबाट जानकारी प्राप्त भएको छ । काठमाडौँ कालिमाटी निवासी स्व बस्न्यातका पत्नी, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।

https://ujyaalonepalnews.com/archives/18723

Previous articleजनकपुरधाममा २०० श्ययाको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने
Next articleप्रहरी र सशस्त्रले सीमित स्रोत साधनबीच प्रशंसनीय काम गरे : गृहमन्त्री खाँण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।