नेपाल मेरो आँधी हेर्न तयार हुनुस्: क्रिस गेल (भिडियो)

नेपालमा खेल्ने भएपछि वेस्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले आफ्नो आँधी हेर्न तयार हुन सबैलाई अनुरोध गरेका छन्।

आगामी चैत्रमा कीर्तिपुर मैदानमा हुने एभरेष्ट प्रिमियर लिग(ईपीएल)मा क्रिस गेलले खेल्ने भएका हुन्। गेलले इपिएलको चौथो संस्करणमा पोखरा राइनोजबाट खेल्ने भएका हुन्। पोखराले बिहीबार पत्रकार सम्मेलनमार्फत गेललाई अनुबन्ध गरेको खुलाएको हो।

पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको भिडियोमा गेलले आफू टि-२० क्रिकेटको बादशाह भएको उल्लेख गर्दै आफ्नो आँधी हेर्न तयार हुन भनेका छन्।

याे पनिः
 टि २० का ‘बादशाह’ गेलः जसले आइपीएलको एकै ओभरमा ३७ रन जोडे

‘सबैजना मेरो टिम पोखरा राइनोजको सपोर्ट गर्न आइदिनुहोला। सबैजना गेलको आँधी हेर्न तयार हुनुस्,’ गेलले भिडियोमा भनेका छन्।

भिडियाेः 

आजको राशिफल : फागुन ९ गते, शुक्रबार

Previous article‘ए’ डिभिजनमा एनआरटी चौथो स्थानमा उक्लियो
Next articleप्रधानसेनापति खुला दौड प्रतियोगिता फागुनमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।