नेपाल मेरो आँधी हेर्न तयार हुनुस्: क्रिस गेल (भिडियो)

0
54

नेपालमा खेल्ने भएपछि वेस्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले आफ्नो आँधी हेर्न तयार हुन सबैलाई अनुरोध गरेका छन्।

आगामी चैत्रमा कीर्तिपुर मैदानमा हुने एभरेष्ट प्रिमियर लिग(ईपीएल)मा क्रिस गेलले खेल्ने भएका हुन्। गेलले इपिएलको चौथो संस्करणमा पोखरा राइनोजबाट खेल्ने भएका हुन्। पोखराले बिहीबार पत्रकार सम्मेलनमार्फत गेललाई अनुबन्ध गरेको खुलाएको हो।

पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको भिडियोमा गेलले आफू टि-२० क्रिकेटको बादशाह भएको उल्लेख गर्दै आफ्नो आँधी हेर्न तयार हुन भनेका छन्।

याे पनिः
 टि २० का ‘बादशाह’ गेलः जसले आइपीएलको एकै ओभरमा ३७ रन जोडे

‘सबैजना मेरो टिम पोखरा राइनोजको सपोर्ट गर्न आइदिनुहोला। सबैजना गेलको आँधी हेर्न तयार हुनुस्,’ गेलले भिडियोमा भनेका छन्।

भिडियाेः 

कतार प्रहरीको कथा; नि:शुल्क भन्दै विज्ञापन तर प्रत्येक व्यक्तिबाट १०-१० लाख असुल

Previous articleजनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु
Next articleखेलमा भाग लिन नेपाल आएका अस्ट्रेलियाली टेनिस स्टारको मृत्यु