२६ जना कोरोना संक्रमित थपिए, ३७ जना डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५१४४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५५४ जना रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/18775

Previous articleतथ्यहरू भन्छन्– मुलुकको अर्थतन्त्र जोखिममा छैन
Next articleवैशाखसम्म मेलम्चीको पानी काठमाडाैँमा आउँछ : मन्त्री चौधरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।