काडमाडौं – ‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीले पहिलो गीत बजारमा ल्याएकी छिन् । उनको आवाजमा रहेको ‘सम्झी रुना रुना’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीत झुप्रीकै जीवनीमा आधारित छ । गीतका शब्द कमल सङ्घर्षले लेखेका हुन् भने पाण्डव विष्टले लय भरेका हुन् । त्यस्तै गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका छन् ।
भिडियोमा झुप्रीलाई पनि देख्न सकिन्छ भने उनको परिवार पनि देखाइएको छ । भिडियोमा झुप्रीका बुबा बलराम भण्डारी र आमा नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ । विनोद याक्खा र विरेन तितुङ खिचेको भिडियोलाई वरुण रिजाल र कमल सङ्घर्षले निर्देशन गरेका हुन् ।
The post झुप्री भण्डारीको ‘सम्झी रुना रुना’ (भिडियो) appeared first on Purbeli News.
कोरोनाबारे विश्व स्वास्थ्य संगठनले भन्योः अब हाम्रो मुख्य चासो चीन होइन, बाँकी विश्वमा छ


