सञ्चारमाध्यमलाई काउन्सिलको आग्रह- निर्वाचन आचारसंहिता ख्याल गर्नूस्

काठमाडौं- प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता ख्याल गर्दै स्थानीय निर्वाचनमा स्वतन्त्र भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले आज विज्ञप्ति जारी गर्दै कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन नगर्न आग्रह गर्नुभएको छ ।

यस्तै काउन्सिलले सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ ।

काउन्सिलले सञ्चारमाध्यम, पत्रकार एवं सामाजिक सञ्जालबाट पत्रकार आचारसंहिता एवं निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा जानकारी गराउन हुनसमेत अनुरोध गरेको छ ।

काउन्सिलले विगतको निर्वाचन जस्तै आगामी स्थानीय तहको निर्वाचनको पनि पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन गरेको छ ।

https://ujyaalonepalnews.com/archives/18814

Previous articleमुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छः अध्यक्ष ओली
Next articleबेरुजु फर्छ्यौट गर्न हेलिकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।