पोखराको राष्ट्र बैङ्क चोकमा आगलागी, १० लाख रुपैयाँको क्षति

कास्की । पोखरामा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

पोखरा महानगरपालिका वडा न. ७ राष्ट्र बैङ्क चोकस्थित सविता कोइरालाको घरमा आगलागी भएको हो । कास्की प्रहरीका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हो । 

सो आगलागीमा परी सशस्त्र प्रहरी गण पोखरामा कार्यरत राजेन्द्र ठाकुरको लत्ता कपडा र गरगहना गरी पाँच लाख, रमाकान्त ठाकुरको तीन लाख ९० हजार रुपैयाँ, सोही घरमा रहेको अविन्द्र जैसवालको किङ्ग जुस पसलमा दुई लाख ५० हजार रुपैयाँ, प्रहरी हवलदार प्रेम सुनारको एक लाख ६० हजार गरी करिब ९ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

बिहान १०ः०० बजे सुरु भएको आगलागी करिब एक घण्टामा प्रहरी, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनुभयो । 

https://ujyaalonepalnews.com/archives/18841

Previous articleविसं २०७८ : ऊर्जा क्षेत्रमा गुणात्मक फड्को
Next articleगुठी तथा सामुदायिक जग्गाकाे अतिक्रमण रोक्न सबै निकायहरू सचेत हुनुपर्छ : प्रधानमन्त्री देउवा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।