अर्किड स्कूलमा नि:शुल्क स्वास्थ्य शिविर

चैत्र ३०,चितवन । अर्किड स्कूल, भरतपुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कक्षा १-३ का ३७५ जना विद्यार्थीहरुको लागि भरतपुर सामुदायिक अस्पतालको चिकित्सक टोलीले दन्तरोग तथा बालरोग सम्बन्धी स्वास्थ्य परीक्षण गरेको छ।

भरतपुर सामुदायिक अस्पतालकी नर्सिंग प्रमुख मीना कँडेल र वरिष्ठ दन्तरोग विशेषज्ञ डा. कृष्ण रेग्मीको संयोजकत्वमा संचालित उक्त स्वास्थ्य शिविरमा डा. रेखा कुमारी गु्प्ता र डा. सपन अधिकारी तथा नर्सद्वय सोनी थापा मगर र अमृता चौधरीको स्वास्थ्य टोलीले बालबालिकाहरुलाई स्वास्थ्य परीक्षण गरिएको सह-प्राचार्य ओमराज मैनालीले बताए।

भरतपुर सामुदायिक अस्पतालले विगतका वर्षहरुमा पनि विद्यार्थीहरुका लागि यसैगरी नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्न सहयोग पुर्याइरहेको मैनालीले बताए। अस्पताल प्रशासन र चिकित्सक टोलीलाई अर्किड स्कूलका प्रबन्ध निर्देशक गोपाल पराजुलीले धन्यवाद ज्ञापन सहित खादा, मायाको चिनो, र प्रमाण पत्र प्रदान गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/18901

Previous articleमन्त्री बडूद्वारा वाणिज्य क्षेत्रका पूर्व सचिवहरूसँग छलफल
Next articleपाल्पामा बस दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।