मन्त्री बडूद्वारा वाणिज्य क्षेत्रका पूर्व सचिवहरूसँग छलफल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले उद्योग वाणिज्य क्षेत्रका पूर्व सचिवहरूसँग छलफल गर्नुभएको छ ।

परिवर्तित सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने दायित्वका विविध विषयमा छलफल भएको हो ।

त्यस अवसरमा मन्त्री बडूले पूर्व सचिवहरूका अनुभवसिद्ध सुझावले वर्तमानमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षाले छलफल आयोजना गरिएको र प्राप्त सुझाव कार्यान्वयन गर्न आफू तत्पर रहेको बताउनुभयो ।

उहाँले अहिले देशका अगाडि रहेका चुनौती र जनजीविकासँग जोडिएका समस्याहरू सबैको छलफल, सहकार्य र साझा प्रयासबाट मात्रै समाधान गर्न सकिने भएकोले पूर्व राष्ट्रसेवक, प्रबुद्ध व्यक्तित्व लगायतबाट उपयुक्त सुझाव लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्व सचिवहरूले अहिले देखिएका चुनौती उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एक्लैको प्रयासले सामना गर्न नसकिने भएकोले अन्तर मन्त्रालय समन्वय गरेर अगाडि बढ्न सुझाव दिनुभयो । उहाँहरूले निकासीभन्दा पनि उत्पादन वृद्धि नहुनु नै हाम्रो मूल समस्या भएकोले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

छलफलमा पूर्व सचिवज्यूहरू क्रमशः पुरुषोत्तम ओझा, लालमणि जोशी, कृष्ण ज्ञवाली, ङइन्द्र उपाध्याय, केदारबहादुर अधिकारी, शङ्कर कोइराला, चन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/18897

Previous articleयोगाभ्यास र अकुप्रेसरको संयोजनबाट प्रभावकारी स्वास्थ्योपचार
Next articleअर्किड स्कूलमा नि:शुल्क स्वास्थ्य शिविर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।