केपी ओलीलाई राजपाले दियो मुखभरी जवाफ !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सम्बन्ध बढाउन अनेक प्रलोभन देखाइरहेका बेला अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मुखभरी जवाफ दिएका छन् ।

ओली सरकारका प्रवक्ता गोकुल बास्कोटाले सार्वजनिक रुपमा राजपा सरकारमा आए मन्त्री पद छाड्न तयार रहेको घोषणा गरेर र अन्य विभिन्न चर्चामा राजपा सरकारसँग नजिक रहेको प्रचारबाजी भइरहेका बेला संयोजक यादवले मुखभरी जवाफ दिएका छन् ।

राजपाले उपसभामुखमा दाबी नै नगरेको बेला नेकपाले उपसभामुख दिने कुरा नै नहुने उनले बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा बिहीबार संयोजक यादवले राजपाले नेकपासँग उपसभामुख नमागेपनि दिन खोजेको बताएका छन् ।

‘उपसभामुख हाम्रो पार्टीलाई देउ भनेर मागेका छैनौं । यो सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ ?’ उनले सोधे ।

मधेश आन्दोलनका शहीदका सपना साकार पार्नका लागि र माग पूरा गराउनको लागि आफूहरू तत्काल कुनै पनि पदमा नजाने उनले बताएका छन् । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेकपाले राजपालाई फकाउने रणनीति लिएको छ ।

आज काठमाडौं उपत्यकाका यी १० रुटमा गाडी चलाउन नपाइने

Previous articleप्रचण्डले लेखेको प्रतिवेदनमा केपी ओलीको गम्भीर असहमति, यसरी भयो खुलासा
Next articleआमाप्रति समर्पित संग्राहलय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।