पिठुवा खानेपानीलाई लामिछानेले दिए नि:शुल्क जग्गा

0
47

निराजन घिमिरे, वैशाख ५- रत्ननगर नगरपालिका वडा नं. १६ खैरेटीका नारायण प्रसाद लामिछानेले पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई जग्गा प्रदान गरेका छन् । सोमबार संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रममा लामिछानेले खानेपानी संस्थालाई तिन धुर जग्गा प्रदान गरेका हुन् ।

कार्यक्रममा जग्गादाता नारायणप्रसाद लामिछाने, श्रीमती टोमकुमारी लामिछाने, छोरा पुर्षोत्तम लामिछाने, बुहारीहरु वृन्दा पन्त लामिछाने र संगीता लामिछाने लगायतले जग्गा प्रदान गरेको लिखित पत्र खानेपानी संस्थाका अध्यक्ष आशिक तामाङलाई हस्तान्तरण गरेका थिए ।

जग्गादान कार्यक्रममा बोल्दै जग्गादाता नारायण प्रसाद लामिछानेका छोरा तथा सामाजिक अगुवा पुरुषोत्तम लामिछानेले पिठुवाबासीलाई खानेपानीको सहज उपलब्धताको लागि संस्थालाई आवश्यक भएअनुसार जग्गा दानको लागि आफूले बुबालाई प्रेरित गरेको बताए ।

लामिछानेले दाङ गरेको रत्ननगर १६ खैरेटीमा रहेको जग्गा डिप बोरिङको लागि प्रयोग गरिने खानेपानी संस्थाका अध्यक्ष आशिक तामाङले बताए। खैरेटी आसपासको क्षेत्रमा खानेपानी वितरणमा समस्या रहेको उल्लेख गर्दै तामाङले उक्त जग्गामा डिप बोरिङ गरेर पानी वितरणलाई सहज गराउन संस्था लागिपर्ने बताए ।

खैरेटी क्षेत्रमै अर्को ओभरहेट ट्याङ्कि निर्माणको लागि मन्त्रालयबाट फाईल स्वीकृत भइसकेको जानकारी दिँदै तामाङले छिट्टै ट्यांकी निर्माणको लागी ठेक्का आव्हान गरिने बताए। अर्को ओभरहेट ट्याङ्कि निर्माण गरेर खानेपानी वितरणमा अझ सहजता ल्याउने उनको भनाई छ ।

https://www.ujyaalonepalnews.com/archives/18964

Previous articleBreaking ..पल शाह प्रकरणमा ट्वीस्ट, पीडित किशोरी गायिकाले फेरिन् बयान
Next articleनेप्से परिसूचक निरन्तर ओरालो