राष्ट्रिय कृषि गणना : ७ हजार २ सय कर्मचारी खटिए

0
60

काठमाडौँ । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार” भन्ने नाराका साथ यही वैशाख ६ गतेबाट सुरु गरिएको सातौँ राष्ट्रिय कृषि गणनामा ७ हजार २ सय कर्मचारी खटिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागको केन्द्रीय कार्यालय काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा विभागका उप महानिर्देशक हेमराज रेग्मीले सातौँ राष्ट्रिय कृषि गणनाका लागि ५ हजार १ सय ५० गणक , १ हजार ३ सय ५० सुपरिवेक्षक र ७७ जना कृषि अधिकृतसहित ७ हजार २ सय कर्मचारी परिचालन गरिएको जानकारी दिनुभयो ।

उप महानिर्देशक रेग्मीले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ट्यावलेट(क्यापी) विधिबाट र अन्य जिल्लामा कागजी प्रश्नावलीको प्रयोग गरी तथ्याङ्क सङ्कलन गरिने बताउनुभयो ।

उहाँले यो पटक ७ सय ५३ वटै स्थानीय तहमा कृषि गणना गरिने भएकाले  बस्तुनिष्ठ तथ्याङ्क सङ्कलनमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

तथ्याङ्क विभागले यो कृषि गणनामा स्थायी/अस्थायी बाली लागेको जग्गाको क्षेत्रफल र उत्पादन,कित्ता सङ्ख्या, जग्गाको स्वामित्व एवं उपयोग, सिँचाइको अवस्था, मल खाद तथा बीउ बिजनको प्रयोग, माछा पालन, च्याउ खेती, मौरी पालन पुष्प खेती पशुपन्छीको जात, कृषि औजार र गैर आवासीय भवनको अवस्था, कृषि कामदारको सङ्ख्या, सामुदायिक कुकुर र छाडा पशु चौपायाको सङ्ख्या लगायतका पक्षहरू समेट्ने जनाएको छ ।

यही वैशाख वैशाख ६ गतेबाट सुरु भएको सातौँ राष्ट्रिय कृषि गणना आगामी जेठ मसान्तसम्म सञ्चालन हुने तथ्याङ्क विभागले जनाएको छ ।

https://www.ujyaalonepalnews.com/archives/19113

Previous articleप्रविधिको प्रयोगले चुनाव खर्च एक चौथाइ घटाउन सकिन्छ : उपाध्यक्ष पौडेल 
Next articleरत्ननगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना