चितवन, वैशाख ९- एक्कासी आएको वर्षासहितको हावाहुरीले चितवनमा वितण्डा मच्चाएको छ । हावाहुरीका कारण चितवनका विभिन्न स्थानमा पोल भाँचिएका छन् भने, रुख ढलेर अटो च्यापिएको छ । यस्तै हुरीले भरतपुर एफएमको टावर नै लडाईदिएको छ । हावाहुरीले रेडियोको टावरसँगै सोलार प्यानल समेत उडाएको छ । भरतपुर–४ यज्ञपुरीमा रहेको टावर भाँचिदा रेडियोको प्रसारण नै अवरुद्ध भएको छ ।
यस्तै हुरीको कारण देवनगर, गितानगर र बाह्रघरे क्षेत्रमा बिजुलीका पोल ढलेका छन् । जसका कारण पश्चिम चितवनका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको छ । उता हावाहुरीका कारण ढलेको रुखले अटो रिक्सालाई च्यापेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रुख ढल्दा अटोमा सामान्य क्षति भएको छ । क्यान्सर अस्पताल रोडमा पार्किङ्गमा राखिएको अटो भएकाले मानवीय क्षति भने भएको छैन ।
https://ujyaalonepalnews.com/archives/19183


