Home Uncategorized सुखी र समृद्ध नगरको परिकल्पना गर्दै एमाले रत्ननगरले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

सुखी र समृद्ध नगरको परिकल्पना गर्दै एमाले रत्ननगरले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

निराजन घिमिरे, वैशाख ९ चितवन । नेकपा एमाले रत्ननगर नगरपालिका कमिटीले स्थानीय निर्वाचनका लागि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । रत्ननगर उधोग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय विभाग सदस्य कपिलदेव सुवेदी र प्रतिवद्धतापत्र लेखन समिति कि सदस्य नेतृ यमुना कंडेलले संयुक्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा रत्ननगरलाई सुखी र समृद्ध नगरको परिकल्पना गर्दै कृषि, पर्यटन र पुर्बाधार, उद्योग, पर्यटन, शुसासन, भुमि ब्यवस्थापन लगाएतको विषयवस्तुहरु समेटिएका छन् ।

प्रतिबद्धता पत्रमा नगर क्षेत्रमा बन्ने भौतिक पूर्वाधार अपांग मैत्री, ज्येष्ठ नागरिक मैत्री बनाईने, नगर क्षेत्रका सडक किनारमा अम्बा, आँप, लिच्ची जस्ता फलफुल लगाउने, छात्राहरुलाई नि:शुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने, रत्ननगर अस्पताललाई सम्पूर्ण रोगको उपचार हुने र सबै किसिमका अपरेसन हुने किसिमको अस्पतालको रुपमा बिकास गर्ने, पुराना इनार, कुवा र मूलहरुको संरक्षण गर्ने, “फोहोरलाई मोहोरमा” रुपान्तरण गर्ने कार्यको थालनी  गर्ने लगायतको कार्यक्रम समेटिएका छन् ।

त्यस्तै कृषकहरुको सधैं समस्याको रुपमा रहने मल, बीउ, र किटनासक औषधिको व्यवस्था गर्नका लागि नगरपालिका भित्र रहेका सहकारी एबं एग्रोभेट हरुसंग सहकार्य गरि उचित व्यवस्था मिलाउने, कृषि सामग्रीमा अनुदानको व्यवस्था गर्ने, “एमालेको सरोकार एक घर एक रोजगार” को संकल्पलाई साकार पार्नका लागि नगरले बिशेष कार्यक्रम ल्याउने, भूमिको खण्डिकरण रोक्नका लागि भूमिलाई कृषि, उद्योग, बस्ति विकास गरी तीन तहमा छुट्टयाइएर छुट्टै ऐन बनाइने, सुकुम्बासीहरु अहिले बसी राखेको थात थलो बाट उठ्न नपर्ने गरि दीर्घकालीन उपाय खोज्ने जस्ता कार्यक्रम प्रतिबद्धता पत्रमा समेटिएको छ ।

एमालेले नगरपालिकाका १६ वटै वडामा कबर्ड हल, खेलमैदानको व्यवस्था गर्ने, लौरिघोल नदीलाई व्यवस्थित गरि ताल तलैयाको निर्माण, पिकनिक स्थल, सुइमिं पुलको निर्माण गरि टाँडी बजारलाई सुन्दर सफा र हराभरा सहरको रुपमा बिकास गर्ने जस्ता कार्यक्रम प्रतिबद्धता पत्रमा समेटेको छ ।

https://ujyaalonepalnews.com/archives/19186

Previous articleचितवनमा हुरीको वितण्डा: रेडियोको टावर ढल्यो बिजुलीका पोल लडे रुख ढलेर अटो चेप्यो
Next articleकिसानलाई प्रोत्साहन गर्नु जरुरी: अर्थमन्त्री शर्मा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।