उत्पादन वृद्धिका लागि सरकार सहयोग गर्न तयार छ : उपाध्यक्ष डा. पौडेल 

चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले औषधी उद्योगीलाई सरकारले सहयोग गर्न तयार रहेको बताउनुभएको छ । 

आज चितवन एक्स्पो सेन्टरमा जारी नेपाल फर्मा एक्स्पोको दोस्रो दिन अन्तर्गत नेपालमा औषधि उत्पादनको सम्भावना र चुनौती विषयक सरोकारवाला बीचको अन्तर्क्रिया कार्यक्रममा उहाँले औषधी उद्योगीलाई सरकारले सहयोग गर्न तयार रहेका बताउनुभएको हो । 

“औषधीको उत्पादन बढाउनुस्, आयात कम गर्न सहयोग गर्नुस् । हामी सहयोग गर्न तयार छौँ ।”, डा पौडेलले भन्नुभयो ।

हाल तरलता अभाव हुँदै गएको भन्नुहुँदै उहाँले नेपालको विदेशी मुद्रा संचिति घट्दै गएकोले स्वदेशी उत्पादनको वृद्धि गर्नुपर्ने बेला आएको बताउनुभयो । 

“विदेशी मुद्रा संचिति घट्दै गएको अवस्थामा तपाईँहरूको लागि यो सुनौलो अवसर पनि हो ।”, उहाँले भन्नुभयो । उहाँले औषधी नीति परिवर्तन, नयाँ उद्योग खोल्ने र ऐन परिमार्जन र नीति कार्यान्वयन गर्न आफूहरू तयार रहेको बताउनुभयो  ।

उद्योगीहरूले नेपालमा नीति बने पनि कार्यान्वयन नभएको भन्ने जिज्ञासामा डा पौडेलले भन्नुभयो, “कमजोर राष्ट्रहरूको यो नियति नै हो, हाम्रो जस्तो राष्ट्रको कमजोर पनि त्यही हो”, उहाँले भन्नुभयो, “नीति हुन्छ तर बजेट हुँदैन, भए पनि पनि खर्च हुँदैन ।”

औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले स्वदेशमा औषधीको उत्पादन बढाई आत्मनिर्भर बनाउन विदेशी लगानीको पनि आवश्यक रहेको बताउनुभयो  । 

उहाँले नेपालमा बढी प्रयोग हुने र अत्यावश्यक औषधीमा स्वदशमै वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो  । 

सो अवसरमा प्रस्तुतीकरण दिँदै संघका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले नेपाल गुणस्तरीय र यहाँ चाहिने औषधी उत्पादन गर्न सक्षम भएको भन्दै नीति कार्यान्वयन गर्न ध्यानाकर्षण गर्नुभएको थियो  । 

उहाँले २०३५ सालमा बनेको औषधी हालसम्म पनि अद्यावधिक नभएको भन्दै देशमै औषधी अनुसन्धान प्रयोगशाला बनाइदिन आग्रह गर्नुभयो  । “यहाँ सरकारी सहुलियत र सहजीकरणको पनि अभाव छ , अनुसन्धान र विकास साधन स्रोतमा पनि कमी छ ।’ दाहालले भन्नुभयो ।

अन्य उद्योगीहरूले औषधीको कच्चा पदार्थमा भन्सार छुट र मूल्य अभिवृद्धि करमा छुट हुनुपर्ने माग गर्दै उद्योगको लागि प्रशस्त जग्गाको अभाव तथा प्रक्रिया झन्झट भएको, अनुमति लिँदा झन्झट बेहोर्नुपरेको भन्दै गुनासो गर्नुभएको थियो । 

https://ujyaalonepalnews.com/archives/19211

Previous articleकांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता सिंह
Next articleचालु आवको नौ महिनामा २८ अर्बभन्दा बढीको सुन आयात
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।