चितवन, ११ वैशाख । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुंगो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने तालमेलका लागि खाली राखेको हो ।
जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार रत्ननगरको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठक राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठक, खैरहनीको मेयरमा लालमणि चौधरी र कविता उप्रेती,कालिकाको मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामा चयन हुनुभएकोछ ।
यसैगरी माडीको मेयरमा ताराकाजी कुमारी महतो चयन हुनु भएको छ भने ईच्छाकामनाको प्रमुखमा दानबहादुर गुरुङ र उपप्रमुख सिलवाल चयन हुनु भएको छ । भरतपुरका मेयरमा यस अघि नै विजय सुवेदी चयन भईसक्नु भएको छ ।
https://ujyaalonepalnews.com/archives/19228


