बैशाख ११, राप्ती । चितवनको खैरहनी नगरपालिकामा नेकपा एमालेले पुनः लालमणि चौधरीलाई उम्मेदवार बनाउने भएको छ । एमाले बागमती प्रदेश कमिटीले चौधरीलाई नै उठाउने गरि निर्णय गरेको हो । चौधरी अहिले पनि मेयर भएर काम गरिरहेका छन् ।
२०७४ को स्थानिय निर्वाचनमा चौधरीले १०७१७ मत ल्याएर विजय हासिल गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद चौधरीले ९७३३ मत प्राप्त गरेका थिए ।
त्यस्तै खैरहनीमा कविता उप्रेतीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमाले स्रोतले जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/19231


