रत्ननगरमा कांग्रेसबाट प्रलाद सापकोटा मेयरको उम्मेदवार

उज्यालो नेपाल, वैशाख ११- चितवनको रत्ननगरमा नेपाली कांग्रेसले मेयरको उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले नगर सभापति प्रलाद सापकोटालाई मेयर पदको लागी अगाडी सारेको हो । सत्ता गठबन्धन बीच रत्ननगरमा नेपाली कांग्रेसले मेयर र समाजवादीले उपमेयर लिने सहमती यस अघि नै भईसकेको छ ।

उपमेयरको लागी भने समाजवादीले अहिले सम्म नाम टुंगो लगाउन सकेको छैन ।  उक्त पदमा यस अघि रत्ननगर १४ बाट वडाध्यक्ष पदमा निर्वाचित समाजवादीका नेता हरिकुमार श्रेष्ठको चर्चा छ ।

उता माओवादी केन्द्रले रत्ननगरमा भएको भागबण्डा प्रति असहमती जनाउंदै मित्रवत प्रतिस्पर्धा गर्ने बताईसकेको छ ।

समग्र चितवनको चुनाबी गतिबिधि थाहा पाउन ” चितवनको चुनाबी चहलपहल” ग्रुपमा ज्वाईन हुनुहोला ! ज्वाईन हुन यँहा क्लिक गर्नुहोला ।

https://ujyaalonepalnews.com/archives/19271

Previous articleमहिलालाई वितरण गर्न लागिएको ११० थान साडी बरामद
Next articleसातौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।