धादिङमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु

धादिङ- धादिङमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पृथ्वी राजमार्ग अन्तरगत जुङ्गे खोला भन्ने स्थानमा दुई सवारी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

काठमाण्डौबाट धादिङतर्फ जाँदै गरेको बस र मुग्लिङबाट काठमाण्डौतर्फ आउँदै गरेको कार एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा परी तनहुँ जिल्ला आँबुखैरेनी बस्ने दिल बहादुर बस्नेत, भारत उत्तर प्रदेश निवासी विमल भन्द्र अग्रवाल, संध्या अग्रवाल, साधना अग्रवाल राकेश अग्रवालको मृत्यु भएको हो । उनिहरुको काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएको हो । बसमा सवार एक जान घाईते भएको प्रहरीले जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/19278

Previous articleसातौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
Next articleआज सातौँ भूकम्प स्मृति दिवस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।