निराजन घिमिरे- रत्ननगर नगरपालिकाका वडा नं. १५ मा माओवादी केन्द्रबाट दिल बहादुर बुढाथोकी वडाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । सत्ता गठबन्धन बीच रत्ननगर १५ माओवादी केन्द्रलाई दिने सहमती भएको थियो ।
तर वडा बांडफांड हुँदा पार्टीको सदस्य संख्या, भौगोलिक अवस्था र जनमतको आधार विपरित भएको भन्दै रत्ननगरको १६ वटै वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय माओवादीले निर्णय गरिसकेको छ । उम्मेदवारहरुले आज आफ्नो मनोनयन दर्ता गर्दै छन् ।
समग्र चितवनको चुनाबी गतिबिधि थाहा पाउन ” चितवनको चुनाबी चहलपहल” ग्रुपमा ज्वाईन हुनुहोला ! ज्वाईन हुन यँहा क्लिक गर्नुहोला ।
https://ujyaalonepalnews.com/archives/19303


