थप २१ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं- आज २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७७५ जनामा परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २७१ जना छन् । पछिल्लो समय १७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ५४० पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत छ ।

हाल होम आइसोलेशनमा २७०, संस्थागत आइसोलेशनमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा एक लाख २३ हजार २१० जनाले खोप लगाएका छन् ।

https://ujyaalonepalnews.com/archives/19310

Previous articleपोखरा महानगरपालिकामा गठबन्धन र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता
Next articleरत्ननगर १५ बाट आशिक तामांगले गरे मनोनयन दर्ता ( फोटोफिचर )
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।