उज्यालो नेपाल, वैशाख १२- चितवनको रत्ननगर ११ बाट नेपाली काँग्रेसका दिलिपचन्द्र घिमिरेले उम्मेद्वारी दर्ता गराएका छन्। पार्टीले वडाध्यक्षको टिकट दिएपछि घिमिरेले रत्ननगर नगरपालिकाको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनमा वडा नं. ११ नेपाली कांग्रेसलाई पर्ने गरि सहमती गरिएको थियो । घिमिरे संगै खुल्ला तर्फको सदस्यको लागी सोम बहादुर श्रेष्ठ र पंचु गुरुङ, महिला सदस्य तर्फ यसोधा अधिकारी र दलित महिला सदस्य तर्फ सुमित्रा दर्जी परियारले पनि मनोनयन दर्ता गराएका छन् ।
https://ujyaalonepalnews.com/archives/19338



