रत्ननगर ११ बाट कांग्रेशको तर्फबाट दिलिपचन्द्र घिमिरेले दर्ता गरे उम्मेद्वारी

उज्यालो नेपाल, वैशाख १२- चितवनको रत्ननगर ११ बाट नेपाली काँग्रेसका दिलिपचन्द्र घिमिरेले उम्मेद्वारी दर्ता गराएका छन्। पार्टीले  वडाध्यक्षको टिकट दिएपछि घिमिरेले रत्ननगर नगरपालिकाको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनमा वडा नं. ११ नेपाली कांग्रेसलाई पर्ने गरि सहमती गरिएको थियो । घिमिरे संगै खुल्ला तर्फको सदस्यको लागी सोम बहादुर श्रेष्ठ र पंचु गुरुङ, महिला सदस्य तर्फ यसोधा अधिकारी र दलित महिला सदस्य तर्फ सुमित्रा दर्जी परियारले पनि मनोनयन दर्ता गराएका छन् ।

 

https://ujyaalonepalnews.com/archives/19338

Previous articleरत्ननगर १६ बाट हेमराज थापाले गराए मनोनयन दर्ता (फोटोफिचर)
Next articleएमालेबाट रत्ननगरको मेयरमा दुवाडी र उपमेयरमा पाठकको उम्मेदवारी (सम्पूर्ण उम्मेदवारको नामावली सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।