रत्ननगर १६ बाट हेमराज थापाले गराए मनोनयन दर्ता (फोटोफिचर)

0
75

उज्यालो नेपाल, वैशाख १२- रत्ननगर नगरपालिका वडा नं. १६ बाट हेमराज थापाले मनोनयन दर्ता गराएका छन् । एमालेले  वडाध्यक्षको टिकट दिएपछि थापाले रत्ननगर नगरपालिकाको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७४ सालमा वडाध्यक्ष जितेर ५ वर्ष वडा हाँकेका थापालाई नै पार्टीले बलियो उम्मेदवारको रुपमा विश्लेषण गरेर उम्मेदवार बनाउने निर्णय गरेको थियो । थापा संगै खुल्ला सदस्य तर्फ विष्णुप्रसाद रिमाल र धन बहादुर बोगटी, महिला सदस्य तर्फ सरिता  गुरुङ र दलित महिला सदस्य तर्फ रिता वि.कले पनि आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।

https://www.ujyaalonepalnews.com/archives/19323

Previous articleरत्ननगरमा कांग्रेसबाट प्रलाद सापकोटा मेयरको उम्मेदवार
Next articleरत्ननगर ११ बाट कांग्रेशको तर्फबाट दिलिपचन्द्र घिमिरेले दर्ता गरे उम्मेद्वारी