२४ घण्टामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

चार हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी, एक हजार १६२ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १८ जना सङ्क्रमणमुक्त भएका छन् ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ८६ हजार १३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

https://ujyaalonepalnews.com/archives/19385

Previous articleहुलाक सेवालाई आधुनिकीकरण गर्ने सरकारको तयारी
Next articleकांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्ल निष्कासित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।