नयाँ शैक्षिक पद्धती सुरुगर्दै स्काईराईडर, प्राविधिक धारको जीवन उपयोगी शिक्षा सुरु गर्ने

चितवन, बैशाख १५ । स्थापनाकालदेखि नै एक उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा पहिचान बनाउन सफल रत्ननगर-१३ मा रहेको स्काइराइडर आवासीय माध्यमिक विद्यालयले जीवन उपयोगी शिक्षा सुरू गर्ने भएको छ ।

आउदो जेठ ३ गतेबाट विद्यालयले जीवन उपयोगी शिक्षा सुरू गर्ने भएको हो । कक्षा ५ देखि राष्ट्रिय पाठ्यक्रमले निर्दिष्ट गरेका विषयहरू कृर्षि, पशु–पालन, प्रविधि, सङ्गीत, इन्जिनियरिङ, खेलकुद, सिर्जनात्मक कला, नैतिक शिक्षा तथा गृहविज्ञान जस्ता विषयहरू समावेश गरिएको छ । विद्यालयका प्राध्यानाध्यापक मदन पुरीले जानकारी दिए ।

कृर्षि तर्फ खाद्यन्न बाली, फलफूलका बिरुवाहरु कसरि हुर्काउने, रोप्ने, गोडेल गर्ने जस्ता कार्यहरु सिकाईने छ । पशुपालनमा गाईको हेरचाह, दान, पानी, चोकर दिईनेबारे सिकाईने उनले बताए । यस्तै इन्जिनियरिङ तर्फ सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र सफ्टवेयर इन्जिनियरिङको पढाइ हुनेछ ।

विश्वव्यापीकरणको आजको युगमा औपचारिक शिक्षाले विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानको विकास गरेको तर त्यसको व्यवहारिक पक्षमा अपेक्षित परिवर्तन हुन नसकेका कारण राज्यले लागु गरेको जीवन उपयोगी शिक्षा सुरुवात गरेको प्राध्यानाध्यापक पुरीले बताए ।

जीवन उपयोगी शिक्षाले विद्यार्थीलाई घरको काममा अभिभावकको सहयोगी बनाउन मद्त पुग्ने उनले बताए । जीवन उपयोगी शिक्षाका लागि आगामी शैक्षिक सत्रमा १२५ जना विद्यार्थीलाई मात्र भर्ना लिइनेछ ।

उनले भने- ‘अबको पढाई विद्यार्थीलाई कक्षाकोठामा मात्रै होईन बाहिर प्रत्यक्ष देखाएर प्रयोगात्मक गराए मात्र विद्यार्थीहरु अब्बल बन्न सक्छन् ।’

उच्च शिक्षा अध्ययनका लागि थुप्रै विद्यार्थी विदेश पलायन भएर जाने अवस्था भएकाले यस्लाई रोक्न स्वदेशमै रोजगारी सृजना गर्न प्राविधिक शिक्षा सुरू गर्न लागेको उनको भनाइ छ ।

शिशुदेखि कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा उच्च शिक्षाअन्तर्गत माध्यमिक शिक्षामा व्यवस्थापन, मानविकी तथा विज्ञानको छुट्टाछुट्टै धारमा पठनपाठन भइरहेको छ ।

जीवन उपयोगी शिक्षाबारे पठनपाठनका लागी सुबिधा सपन्न सहित छुट्टै स्थानमा भौतिक संरचनामा निर्माण भईरहेको छ । स्वर्गीय दिपेन्द्र क्षेत्रीले २०४२ सालमा स्थापना गरेको उक्त विद्यालयमा हाल २ हजार ९०० विद्यार्थी अध्ययनरत छन् ।

https://ujyaalonepalnews.com/archives/19433

Previous articleमोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
Next articleउत्पादित वस्तु बजारीकरण गर्न ‘हरियो बजार’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।