यज्ञ अधिकारी
विराटनगर,९ फागुन ।संघिय सरकारका उर्जा सिँचाई तथा जलस्रोत मन्त्री बर्षमान पुनले परिवर्तनलाई आत्मसात गर्न नसक्ने नेता मिडिया समाप्त भएर जाने बताएका छन ।
विराटनगरबाट रंगिन कलेबर र ब्रोडसिट आकारमा प्रकाशित हाम्रोमत दैनिकको लोकार्पण कार्यक्रममा बोल्दै संघिय सरकारका मन्त्री पुनले मुलधारका मिडियाहरुले सधै जनताको अवाजलाई उच्च प्राथमिकता दिएर राज्य सचालन गर्नै तीन अङगहरुको आलोचनात्मक चेतसहित उच्च निगरानी गर्नुपर्छ भने । उनले भने ,– ‘जनताबाट नेता र पाठकबाट मिडिया उच्च निगरानीमा छन यसैले परिवर्तन हुन नसके समाप्त भएर जान्छन ।,
उनले नेता र मिडिया दुबै हरदम जनताको नजरमा सिसाको घरमा बसिरहेकोले आफुलाई समय अनुकुल परिमार्जन गर्न नसके समाप्त भएर जान्छौ भने । उनले मिडिया सधै सकारात्मक आलोचनात्मक भुमिकामा बसेर राज्य संचालन गर्ने तीन अङगको निगरानी गर्नुपर्नेमा जोड दिए । आजको मिडियाले जनताको आवाजसँगै राष्ट्रिय स्वाधिनता र संबृद्धिको अभियानलाई पनि द्रुत रुपले अगाडी बढाउनुपर्छ भने ।
लोकार्पण कार्यक्रममा एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले परिर्वतनकारी आन्दोलनमा खेलजस्तै भुमिका संघियता कार्यान्वयमा पनि भुमिका खेल्न मिडियालाई आग्रह गरे । उनले संघियताको बाटो नयाँ भएकोले त्यसलाई गनतव्यमा पुरयाउने काम सबैको हो भन्दै मुख्य मन्त्री राईले भने , – ‘संघियता मात्र बिकास र संबृद्धिको बिकल्प हो अर्को छैन ।,
सकारात्मक प्रतिस्पर्धा हुनसकेमात्र संघियता फस्टाउँछ

संघिय सरकारका प्रभाशाली मन्त्री पुनले थानिय र प्रदेशमा बिकासकालागि सकारात्मक प्रतिस्पर्धा हुनसकेमात्र संघियता चाँडो फस्टाएर जाने बताएका छन ।
शुक्रबार एक नम्बर प्रदेशको राजधानी विराटनगरबाट प्रकाशित हुदै आएको जनबिद्रोह दैनिकबाट रुपान्तर भएको हाम्रोमत दैनिकको लोर्कापण कार्यक्रममा बोल्दै मन्त्री पुनले केन्द्रियताको सोच त्यागेर प्रदेश र स्थानिय तहले बिकासमा प्रतिस्पर्धा गरेर संघियतालाई फस्टाउन सहयोग गर्नुपर्ने बताएका हुन ।
अब म केन्द्रको भइन भनेर हिनभावना पाल्ने भन्दा म पनि केन्द्र भन्दा कम छैन भन्दै प्रदेश र स्थानिय तहले बिकासमा सकात्मक चुनौती दिनेगरि काम गर्नपर्छ मन्त्री पुनले बताए । उनले भने–प्रदेश सरकारका हरेक मन्त्री ,– ‘स्थानिय तहका प्रमुख र वडा अध्यक्षहरु रोलमोडल बन्न सक्नुर्छ ।,
पुनले संबिधान पुर्ण कार्यान्व्यन गराएर संघियतालाई अगााडी बढाउनुको बिकल्प नभएकोले त्यसकालागि सबैले दृढईच्छा शक्त्ति बनाएर काम गर्नुपर्नेमा जोड दिए ।उनले र्बतमान नेकपा नेतृत्वको सरकार जनताले चाहे जस्तो छिटो हिडन नसकेपनि गलत बाटोमा भने नहिडेको बताए ।
नेपाल भाईब्रेन्ट ब्रिजका रुपमा प्रस्तुत हुनुपर्छ
मन्त्री पुनले बिश्वका शक्त्तिशाली देशहरु चीन र भारतको छिमेकी रहेको नेपाललाई भाईब्रेन्ट ब्रिजका रुपमा प्रस्तुत गरेर आफुलाई संबृद्धशाली बनाउनुपर्छ भने । उनले चरम उर्जा संकट झेलेको देश नेपाल अब केही बर्षमा भारत , बंगालादेश र चीनलाई उर्जा बिक्रि गर्न सक्षम हुने दाबी गरे । भर्खरै सरकारले चीनसँग ७ सय ६२ मेघावाटको बिजुली उत्पादन गर्नकालागि सम्झौता गरिसकेको जानकारी गराए ।
साप्ताहिक जनबिद्रोह शान्तिप्रकृयापछि दैनिक
जनयुद्धकालमा पुर्वी कमाण्ड अन्र्तगतको मेचीकोशी व्यूरो र जनमुक्त्ति सेनाका कमाण्डर समेत रहेका मन्त्री बर्षमान पुनकै निर्देशनमा जनयुद्धकालको भुमिगत काल २०६० देखी मोरङ र झापाबाट जनबिद्रोह साप्ताहिक प्रकाशन हुन थालेको थियो । शान्तिप्रकृयासँगै २०६३ देखी उक्त्त साप्ताहिक खुला रुपमा विराटनगरबाट दैनिक रुपमा प्रकाशित हुदै आएको थियो । सोही जनबिद्रोह दैनिक अब पुर्बेली जनसञ्चार सहकारी मार्फत हाम्रो मत दैनिकमा रुपान्तर भएर शुक्रबारदेखी ब्रोडसिट साइजको रंगिनकलेबरमा प्रकाशित हुन थालेको हो ।
The post नेता र मिडिया जनताको उच्च निगरानीमा – मन्त्री बर्षमान पुन appeared first on Koshi Online.


