श्रम अधिकार कार्यान्वयनका लागि सामूहिक प्रयासको खाँचो

काठमाडौँ।सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई श्रम र शिक्षालाई उत्पादनसँग जोड्दै श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न सङ्घीय संसद्को नेतृत्वका रूपमा आफू सदैव तत्पर रहेको विश्वास दिलाउनुभएको छ ।

नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै सभामुख सापकोटाले उहाँहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ । दुई वर्षयता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरले श्रमिक तथा मजदुर वर्गले प्रत्यक्ष असर भोग्नुपरेको उल्लेख गर्दै उहाँले कोरोनाको प्रभावमा कमी आएसँगै लाखौँ श्रमिक खाली बस्नुपर्ने र श्रमका लागि विदेश पुगेका श्रमिक रोजगारी गुमाएर फिर्ता हुनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गर्नुभएको छ ।

सभामुख सापकोटाले श्रमिक एवं मजदुर वर्गको विशिष्ट योगदानका कारण संविधानसभाबाट बनेको संविधानमा श्रमिक एवं मजदुर वर्गको हक, अधिकार समावेश भएको जनाउनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/19553

Previous articleश्रमिकमाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
Next articleआज रत्ननगरमा पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डे सहितको घरदैलो हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।